नेपाल-भारत उद्योग वाणिज्य संघले वाणिज्य मन्त्रालयसँग बौद्धिक सम्पत्तिमा सहकार्य गर्ने



नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा उपाध्यक्ष सैवाल घोष, महानिर्देशक केशब मान र्सिह तथा उपनिर्देशक मार्शल राठौर तथा कारोबार दैनिकका सम्पादक एवं संचारबिज्ञ कुवेर चालिसे सहितको एक प्रतिनिधि मण्डलले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलसँग भेटवार्ता गरेको छ ।

संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले नेपालमा ब्यबसायिक बृत्तमा बिगत लामो समय (दस बर्ष भन्दा बढी) देखि उठ्दै आएको बिषय बौद्धिक सम्पति अधिकारका बिषयमा संघका सदस्य प्रतिष्ठानहरु लगायतका ब्यबसायीहरु बिशेष गरी नेपालमा बिदेशी लगानीमा संचालित उद्योग तथा कम्पनीहरुले भोग्नुपरेको कठिनाईहरुका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गरे ।

नेपालमा बिदेशी लगानीलाई आकर्षित गर्न सरकारले प्राथमिकता दिएको भएतापनि बौद्धिक सम्पति अधिकार सम्बन्धि उद्योगहरुले झेल्नुपरेका समस्याहरु समाधान नहुंदासम्म बिदेशी लगानी नेपाल ल्याउन कथिन हुने वास्तबिकतालाई मध्येनजर गरेर आगामी दिनहरुका लागी संघले बौद्धिक सम्पति अधिकारका क्षेत्रमा गरिनुपर्ने सधार तथा आवश्यक ब्यबस्थाका बिषयमा मन्त्रालयको साझेदारी एवं सहभागितामा सम्बन्धित उद्योग क्षेत्रका ब्यक्तिहरु तथा बिज्ञहरुलाई राखेर छलफल गरेर उपयुक्त नीतिगत सुझाव तयार गर्न सकिने राय ब्यक्त गर्दै सोको लागी सहकार्य गर्न अनुरोध गरे ।

संघले एक कार्यक्रम गर्ने योजना बनाएको जानकारी गराउंदै कार्यक्रम सम्बन्धि तयारी बिवरण तथा कागजातहरु पेश गरे ।

संघका उपाध्यक्ष सैवाल घोषले बिदेशमा यो बौद्धिक सम्पति अधिकारको बिषयमा सरकारी पक्ष तथा उद्योगी ब्यबसायी लगायत आम मानिसहरु अत्यन्त सजग रहेने तर नेपालमा नहुने गरेको बताए ।

उक्त छलफलमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले संघले प्रस्तुत गरेको बिषय अत्यन्त सान्दर्भिक रहेको बताउंदै नेपाल सरकारको तर्फबाट मन्त्रालयले पनि यो बौद्धिक सम्पति अधिकारको बिषयमा एउटा ड्राप्mट तयार गरी कानून मन्त्रालयमा आवश्यक कार्यार्थ पेश गरी सकेको जानकारी दिए ।


क्लिकमान्डु