सिटिजन्स बैंकका ग्राहकलाई बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छु्ट पाउने भएका छन् ।
बैंकका कार्डबाहकहरूलाई १० प्रतिशतछुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पश्चात् बैंकका कार्डबाहकले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।