पर्यटन क्षेत्र ४५ % ले रिकभर, मार्चमा १५ हजार भारतीय पर्यटकले गरे नेपाल भ्रमण



Chinese tourists take pictures at poon hill which is at a altitude of 3210m.The number of tourists has increased in the annapurna region.Poon hill,myagdi,Nepal.Post photo Bijaya Neupaneq

काठमाडौं । कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताए ।
छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उनले बताए । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उनले जानकारी दिए ।

बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उहाँले उल्लेख गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताए ।

चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केशमा माइनस ९३ प्रतिशत रहेको उहाँको भनाई छ । अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उनको दाबी छ ।
अहिलेकै अवस्थामा अगाडि बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उनको दाबी छ ।

विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएका छन् । धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको उनले जानकारी दिए ।
दैनिक एक सय जना भन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताए ।

पोखरा, धरान, नेपालगञ्ज लगायतका ठुला शहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेश पाइरहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतिय पर्यटहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

‘हामीले इन्डियनलाई पर्यटक भनेका छौँ । फेरी उनीहरुलाई आउँदाखेरी हामीले गरेको व्यवहार राम्रो छैन । त्यसलाई सुधार्नुपर्छ,’उनले भने ।

न्यूज ऐजेन्सी


क्लिकमान्डु