आरटिजिएस प्रणाली सञ्चालनकाे समय सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणाली सञ्चालनको समय सीमा बढाएको छ ।

राष्ट्र बैंकका अनुसार हाल सञ्चालन भइरहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सिस्टम मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय बनाएको हो ।

राष्ट्र बैंकले वैशाख २ देखि लागू हुनेगरी समय बढाएको हो । राष्ट्र बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म हुने कारोबारमा माघ १६ देखि कात्तिक १५ सम्म बिहान ९ देखि बेलुका ५ बजेसम्म् र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १ देखि अपरान्ह ४ बजेसम्म खुला हुने छ । यस्तै शुक्रबार बिहान ९ देखि अराह्न १ः३० बजेसम्म सञ्चालन हुने छ ।


क्लिकमान्डु