‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणमा नगर विकास कोषले ४२ करोड ऋण दिने



काठमाडौं । नगर विकास कोषले दमक सपिङ कम्प्लेक्समा ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा कोषले ऋण प्रदान गर्नेछ ।

सपिङ्ग कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।

सहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाले बेहोर्नेछ ।

सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती थियो । नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुनेछ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको लागि महत्वपूर्ण आयोजनाका लागि नगर विकास कोषको ऋण स्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुशी व्यक्त गरे ।


क्लिकमान्डु