राष्ट्र बैंकले बस्तु आयातमा शतप्रतिशत मार्जिन राख्दा व्यापार धरासायी बन्ने चिन्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट बस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिदा व्यापार धरासायी बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएको बताए । कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नु भन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे ।

उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको बताए । साना तथा मझौला व्यवसायीहरुको पहुँज नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाए । गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजिकरण गर्ने काम नगरेको बताए । चीन सरकारले अघोषित नाकाबन्दी गरेर दिन २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा सरकारको आँखा नपुगेको उनको भनाइ छ ।

‘महिना भन्दा बढी भएको छ । यो अवधिका उद्योगी तथा व्यापारीहरुले भोग्नु परेको समस्या छ । त्यसले मानसिक तनाब दिएको छ । जुन बेला मार्जिन लागू भयो । त्यो बेला मुलुकको अर्थतन्त्रको अवस्थालाई हेरेर लागू हुनुपर्छ तर त्यहाँ व्यवस्था गरिएका घातक बुदाहरु संशोधन गर्नु पर्छ भन्ने व्यवसायी महासंघको माग थियो ।

एक महिनामा यसले व्यवसायीहरुलाई विभिन्न भन्सार नाकामा ल्याएका सामान काठमाडौंसम्म कसरी ल्याउने भन्ने चिन्ता र बिचौलियाको हातमा जान थालेको छ’ उनले भने ‘अहिले पाइप लाइनमा भएको सामान ल्याउनलाई समस्या भएको छ । मार्जिनको व्यवस्था गर्नू भन्दा अगाडि अडर गरेको समान कसरी ल्याउने भन्ने कुरा नसोचि सरकारले नीति बनाउँदा समस्या भएको अवस्था छ । सामान ल्याउँदा विभिन्न क्षेत्रले बार्गेनीङ गर्न सुरु गरेको छ । भन्सारबाट ल्याउने एक कन्टेरको भाडा बढेको छ । समयमा नै अडर गरेको सामान ल्याउन सकिएको छैन ।’


क्लिकमान्डु