अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोबल उच्च रुपमा गिर्योः अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताए । उनले उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको दाबी गरे ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गरे । उनले मुलुकको सोधानान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताए । अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताए ।

उनले तरलताको समस्या तत्काल समाधान गर्नु पर्ने जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गरे । सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले विकराल रुप लिनसक्ने चेतावनी समेत दिए ।

अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित बस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएको बताए । अध्यक्ष गोल्छाले आयात घटाउँदा राजस्वमा असर परेर देश सञ्चालनमा समस्या भएर साधरण खर्च धान्न नसक्ने अवस्था आउन सक्ने बताए ।

सरकारले राजस्वमा प्रभाव पर्ने नीति बनाउँदा निजी क्षेत्रसँग छलफल नगर्दा अर्थतन्त्रमा विकृति देखिने उनको भनाइ छ । अध्यक्ष गोल्छाले अहिलको अर्थतन्त्रको समस्या आयातलाई मात्रै कडाई गरेर समाधान नहुने तर्क गर्नु भयो । ‘हाम्रा प्रमुख आयातित बस्तुहरुलाई प्राथमिकतामा राख्नु पर्छ । किनकी औषधि, पेट्रोयिम पदार्थ आयातको लागि रकम छुट्याउनै पर्ने आवश्यक देखिन्छ । त्यो भन्दै गर्दा हामी आयात घटाउँदा राजस्वमा सिधा असर पर्छ र राजस्वमा असर पर्दा देश सञ्चालनमा गाह्रो हुन्छ ।

भोली साधरण खर्च धान्न पनि गाह्रो हुनसक्छ’ उनले भने ‘सरकारले त्यस्ता नियम तथा नीतिहरु ल्याउँदा नीजि क्षेत्रसँग छलफल नगरी ल्याउने हो भने अर्थतन्त्रमा पूर्ण विकृति देखिन्छ । अहिले राजस्वको लक्ष्य प्राप्त भएको छ । अब सरकारले आयातलाई मात्रै घटाउने हो भने राजस्वको लक्ष्य प्राप्त गर्न सक्दैनौं । सरकार जब साधरण खर्च पनि गर्न सक्दैन । विकासका कुरा छाडौ अनि देश कुन दिसा तिर जान्छ । यसको समाधान आयात कम गरेर मात्रै काम छैन । तर कुनै न कुनै रुपमा प्राथमिकतामा राख्न जरुरी छ ।’

गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने बताए । सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानलबाट पैसा ल्याउन सकिने भन्दै गोल्छाले रेमिटेन्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताए । उनले विदेशमा दुख गरेर कमाएको पैसा कसरी नेपालमा पठाउने भन्ने कुरा उनीहरुको अधिकारको विषय भएको धारणा राखे ।


क्लिकमान्डु