कच्चा पदार्थ उत्पादनमा प्रयोग हुने वस्तुमा लगाउँदै आएको कर कटौती गर्न संगठनको माग



विराटनगर । उद्योग संगठन मोरङले आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न सरकार समक्ष अनुरोध गरेको छ ।

संगठनले वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिष्पर्धाका बाबजुद स्वदेशी बजारको आवश्यकता पुरा गर्ने उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृखलालाई सन्तुलनमा राख्न उक्त नीति तत्काल अवलम्वन गर्न अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा वस्तुको मुल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौति गरी आमउपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको बदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासहरुमा बजारमा वस्तुको मुल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौति गरी आमउपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको बदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।

विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेनबीच जारी युद्धका साथै डलरको बढ्दो विनियमदरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको स्मरण गराएको छ ।

खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट १५२५ डलर प्रति मेट्रिक टनमा आयात भइरहेको भन्दै अहिले २१२५ डलरसम्म खर्च गर्नु परिरहेको जानकारी गराएको छ । ईन्धनमा भइरहेको मुल्य वृद्धिले तेश्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै बढ्दो बैंक व्याजदरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भइरहेको संठगनको भनाइ छ ।

देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा उतार चढाव आउदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको जनाएको छ । कच्चा पदार्थको आयातमा बढ्दो लजिस्टिक कष्ट, व्याजदरमा भइरहेको वृद्धि, चालु पूँजीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महगाईले पिरोलेको समयमा केवल एक क्षेत्रलाई मात्र दोषारोपण गर्नु न्यासंगत नहुने संठगनको ठहर छ ।


क्लिकमान्डु