सुपारी, केराउ र मरिच आयात गर्न दिइने



काठमाडौं । सरकारले सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको छ ।

उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनको लागि मात्रै सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको हो ।

राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगले आफै आयात गर्न सक्ने व्यवस्था गरी चालु आर्थिक वर्ष २०७८÷७९ को लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिने गरी सूचना जारी गरेको जनाएको छ ।


क्लिकमान्डु