बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन आवश्यक छः सेबोन



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोको अहिले भएको जग्गामा भवन नबन्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार रहेको र उक्त स्थानमा बोर्डको भवन नबन्ने बताए ।

‘बोर्डको कार्यालय देखिने र पायक पर्ने स्थानमा हुनुपर्छ,’ उनले भने, ‘बोर्ड देखिने ठाउँमा हुन्छ तर अहिलेको स्थानमा भवन बन्दैछ ।’

यसअघि बोर्डले जग्गाका लागि पैसा दिएको भन्दै अहिले भएको जग्गा बोर्डको भवन निर्माणका लागि उपयुक्त स्थान भएकाले उचित स्थानमै भवन बन्ने बताए ।

‘भवन एकपटक बनाउने हो, राम्रो र उचित स्थानमै बन्छ,’ उनले भने, ‘अहिले बोर्डको जग्गा भएको स्थानमा बन्दैन ।’

हमालले कुनै पनि कम्पनी मर्जमा जाँदा सेयर होल्ड धेरै समय हुने गरेको भन्दै यसलाई रोक्ने बताए ।
नेप्सेमा निजी क्षेत्र आउदा राम्रो काम हुन्छ कि भन्ने चाहना हो र अर्को चाहिन्छ वा चाहिन्न भन्न सकिदैन । यसमा अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

उनले बैकलाई ब्रोकर दिने वा निदने बिषयमा गहन अध्ययन गर्ने बताए । बैंकलाई लाइसेन्स दिँदा राम्रो हुन्छ भन्ने कुरा पनि छ तर कसैले बैंकले मात्रै काम किन काम गर्ने पनि भनिरहेको भन्दै यसमा अध्ययन आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय बुक बिल्डिङ विधिमार्फत् सर्वोत्तम सिमेन्टले आइपीओ निष्कास गर्ने गर्नका लागि तोकिएको मूल्य उचित छ वा छैन त्यो पनि हेर्ने बताए ।

बोर्डका प्रवक्ता निरज गिरीले बीमा कम्पनीको आइपीओ प्रिमियममा ल्याउने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिए ।


क्लिकमान्डु