टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छः सेबोन अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए ।

लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने बताए ।

साना लगानिकर्ताको हित आजको आवश्यक भएको बताए । राजधानीमा आयोजित कार्यक्रम उनले यस्तो गरेको बताए ।

उनले बोर्डको कामलाई ६ भागमा बाँडिएको बताए ।

उनले बजार बढेको समयमा बोर्डको क्षमता बढाउन आवश्यक रहेको तर्क गरे । उनले आफ्नो कार्यकालमा भवन नबने पनि शिलान्यास गर्ने दाबी गरे ।

हमालले सूचना प्रविधिमा पनि काम गर्ने बताए । उनले आर्थिक पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

अन्य देशमा सिकेको ज्ञान सीप नेपालमा लागू गर्ने बताए ।

उनले बोर्डमा ५६ जना कर्मचारी मात्रै रहेको भन्दै अब कर्मचारी र क्षमता बढाउने बताए । हमालले अहिलेको बजारलाई प्रभावकारी बनाउन, यसको विकास गर्न प्रडक्ट ल्याउने जानकारी दिए ।

उनले साना लगानीकर्ताको हितमा काम गर्ने उल्लेख गरे । यसका लागि चुस्त दुरुस्त नियमन आवश्यक रहेको उनको भनाइ छ ।

उनले ऐन नियमको रिफर्म पनि गर्ने दाबी गरे ।

कार्यक्रममा हमालले वित्तीय साक्षरता कम रहेको भन्दै अहिले १८.५ प्रतिशत रहेको वित्तीय साक्षरता बढाउनका लागि योजना अनुसार नै काम गर्ने बताए ।

नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताए ।

कार्यक्रममा हमालले बन्ड मार्केट, पुर्वाधार बन्ड सूचीकरण गर्ने योजना सुनाए ।

रियल सेक्टरका कम्पनी ल्याउने दाबी गरे।

‘बुक बिल्डिङ प्रक्रिया अघि बढाउने, भूमिका निष्पक्ष बनाउने छौं,’ उनले भने, ‘हामीले राम्रो देशको अभ्यासलाई हेरर काम गर्ने छौं, हामीले यस्ता कम्पनीलाई स्वागत गर्छौ, उहाँहरुको लागि हामी पनि गर्न तयार छौ ू । यस्ता कम्पनी आउने हो भने राज्यको कर बढने बताए ।

यसमा बोर्डको भूमिका महत्त्वपूर्ण हुने भन्दै उत्पादन मुलक कम्पनीलाई आफू स्वागत गर्न तयार रहेको कताए ।

उनले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने दाबी गरे । यसका लागि कमोडिटी बजारलाई आवश्यक नियमावली, निर्देशिका बनाएर शुरु गर्ने बताए ।


क्लिकमान्डु