आइएफसीमा नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यान



काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को कन्ट्री म्यानेजरमा मार्टिन होल्टम्यान नियुक्त भएका छन् । आईएफसीले नेपाल, बंगलादेश र भुटानका लागि नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यानलाई नियुक्त गरेको हो ।

ढाकामा आधारित भएर होल्टम्यानले कोभिड महामारीबाट अर्थतन्त्र चलायमान भइरहेको तीन देशको विकासमा आईएफसीको प्रभाव बढाउनमा ध्यान केन्द्रित गर्नुको साथैं निजी क्षेत्रका लागि नयाँ अवसरहरू सिर्जना गर्न काम गर्ने आईएफसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जर्मन नागरिक होल्टम्यान सन् २००७ देखि आईएफसीमा काम गर्दै आईरहेका छन् । यस अगाडी उनि वित्तीय समावेशका लागि ग्लोबल सेक्टर प्रबन्धक थिए ।

होल्टम्यानले लेस्टर बी। पियर्सन युनाइटेड वर्ल्ड कलेज अफ द प्यासिफिक, क्यानडाबाट स्नातक उत्तिर्ण गरेका हुन् ।

उनले, ट्रियर विश्वविद्यालय, जर्मनीबाट अर्थशास्त्रमा र हार्वर्ड विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाबाट सार्वजनिक प्रशासन गरि दुईवटा विषयमा स्नातकोत्तर गरेका छन्।

६ वर्षसम्म बंगलादेश, भुटान र नेपाल कन्ट्री म्यानेजरको रूपमा काम गरेका वेन्डी वर्नर भारतमा आईएफसीको कन्ट्री हेडको रूपमा सरुवा भएपछि होल्टम्यानलाई नयाँ जिम्मेवारी दिइएको हो ।


क्लिकमान्डु