भरतपुर महानगरले काम नगर्ने १७ कम्पनीलाई सोध्यो स्पष्टिकरण



काठमाडौं । भरतपुर महानगरपालिकाले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनी÷फर्म÷निर्माण व्यवसायीहरुसँग स्पष्टिकरण सोधेको छ ।

यस अघि सूचना, लिखित पत्र तथा मौखिक निर्देशनमार्फत् आग्रह गर्दा समेत वेवास्ता गरी खरिद सम्झौता बमोजिमको निमार्ण कार्यहरु समयमा नै सम्पन्न गर्न पहल तथा चासो नदेखाई वेवास्ता गर्ने कम्पनीलाई स्पष्टिकरण माग गरिएको हो ।

महानगरले आज एक सूचना जारी गर्दै १७ निर्माण कम्पनीलाई ७ दिनभित्र कार्यालयमा कम्पनीको आधकिाररिक व्यक्ति स्वंयम उपस्थित भै स्पष्टिकरण पेश गर्न भनेको हो ।

‘सार्वजनिक खरिद ऐन, २०६६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हजर्ना असुल गर्ने, बाँकी निमार्ण कार्यहरुको मूल्यांकन गरी ठेक्का सम्झौता बमोजिम सरकारी सम्पत्ति बाँकी सरह असुल उपर गर्ने लगाएतका कारबाही प्रक्रिया किन अगाडि नबढाउने ?’ सूचनामा उल्लेख छ ।

महानगरपालिका नगर कार्यपालिका कार्यालयसँग ठेक्का कार्यहरु सम्पन्न गर्ने गरी सम्झौता गरेपनि निर्धारित समयभित्र निमार्ण कार्य सम्पन्न गर्न प्रयास नगरेको सूचनामा उल्लेख छ ।

यो सूचनाको वेवास्ता गरि बसेमा वा कुनै मनासिव कारण पेश हुन नआएको खण्डमा सम्झौता बमोजिमको कारबाही प्रक्रिया अघि बढाइने समेत उक्त सूचना उल्लेख छ ।


क्लिकमान्डु