सानिमा बैंकको नयाँ शाखा काभ्रेको पाँचखालमा



काठमाडौं । सानिमा बैंकले काभ्रेको पाँचखाल तामाघाटमा नयाँ शाखा स्थापना गरेको छ ।

शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका छन् ।

खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ दिँदै सबल अनि विश्वसनीय बैंककोको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।


क्लिकमान्डु