उद्यमशीलताका लागि तानसेन, रिव्दीकोट र तिनाउ पालिकासँग नबिल बैंकको सहकार्य

56
Shares

काठमाडौं । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका तथा रुपन्देहीको तिनाउ गाउँपालिकाबीच सम्झौता भएको छ ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठूलो टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ बलियो बनाउँदै हेफर इन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तिका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रमको शुरुवात गरेको हो ।

Skip This