नेपाल इन्भेष्टमेण्ट बैंकले मनायो ३६औं वार्षिकोत्सव

413
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ३६औं वार्षिकोत्सव मनाएको छ ।

पाँच पटकसम्म बैंक अफ दि इयर तथा यूरो मनी अवार्डबाट सम्मानित यस बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेको छ ।

यसैबीच बैंकले निक्षेप रकममा २० वर्षमा ६ गुणा हुने गज्जबको मुद्दति खाता समेत सञ्चालनमा ल्याएको छ ।