नयाँ सारथी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आव २०७७/०७८ को मुनाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त पस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु