सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकममा भने सुधार आउन सकेको छैन ।

सोमबारको कारोबारमा परिसूचक बढेको छ । परिसूचक बढे अुनसार कारोबार रकम भने बढ्न सकेको छैन ।

बजार मापन गर्ने सूचक १७.४२ अंकले बढेर परिसूचक २७३५.९३ बिन्दुमा रोकिएको छ । २२८ कम्पनी ६० लाख ८१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । मैलुङखोला जलविद्युत कम्पनी र यूनाइटेड इदी मार्दी आरबी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु