कनेक्ट आइपीएसको कारोबार बढ्दा इसीसी र आइपीएसको घट्यो



काठमाडौं । अनलाइनबाट हुने कारोबार बढिरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को विभिन्न प्लेटफर्मबाट हुने भुक्तानीमा गिरावट आएको छ ।

एनसीएचएलले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांकअनुसार इलेक्ट्रोनिक चेक क्लियरिङ (इसीसी), आइपीएस र आरटीजीएसको कारोबारमा कमी आएको छ भने कनेक्ट आइपीएसको कारोबार भने बढेको छ ।

इसीसी, आइपीएस, कनेक्ट आइपीएस र कनेक्ट आरटीजीएसको समग्र कारोबार संख्या माघ महिनामा १०.८३ प्रतिशतले कारोबार घटेको छ । गत वर्षको माघ महिनामा ४ करोड ५० लाख २९ हजार १ सय ९८ कारोबार संख्या रहेकोमा यस वर्षको माघ महिनामा ४ करोड १४ लाख ८ हजार ७६ कारोबार संख्या रहेको छ ।

माघ महिनामा इसीसीको कारोबार संख्या ९३ लाख ५ सय ७६ रहेको छ । गत वर्षको सोही अवधिमा १ करोड ४४ लाख ११ हजार ४ सय २१ रहेको छ ।

त्यस्तै, आइपीएसको संख्यामा पनि कमी आएको छ । गत वर्षको माघ महिनामा १ करोड १३ लाख ७६ हजार ३ सय २७ कारोबार संख्या रहेकोमा यस वर्षको माघ महिनामा ८८ लाख ८९ हजार ६ सय २ मात्र भएको छ ।

त्यस्तै, गत वर्षको माघमा २ लाख ६० हजार ७ सय २५ आरटीजीएसको ट्रान्जेक्सन भएकोमा यस वर्ष सोही अवधिमा २ लाख १९ हजार ४ सय १९ मा झरेको छ ।

कनेक्ट आइपीएसको कारोबारमा भने बढोत्तरी आएको छ । यस वर्षको माघ महिनासम्ममा २ करोड १७ लाख ३८ हजार ४ सय ७९ ट्रान्जेक्सन भएको छ । गत वर्षको सोही अवधिमा भने १ करोड ८९ लाख ८० हजार ७ सय २५ रहेको थियो ।


क्लिकमान्डु