एमसीसीबारे बोल्यो चीन- अमेरिकाको बलपूर्वक कुटनीतिको विरोध गर्छौं



काठमाडौं । नेपालको राजनीतिक वृत्त एमसीसीका कारण विभाजित भइरहेका बेलामा छिमेकी मुलुक चीनले मुख खोलेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चीन नेपालमा अमेरिकाले एमसीसीमार्फत् बलपूर्वक कुटनीति लाद्न खोजेको भन्दै आफूलाई त्यो स्वीकार्य नभएको बताएका छन् ।

ग्लोबल टाइम्स अनलाइनमा प्रकाशित समाचारमा उनले नेपालको आर्थिक विकास तथा जीवन स्तरोन्तीका सम्बन्धमा अन्तर्राष्ट्रिय समूदाय सहयोगका लागि आउनु राम्रो भए पनि त्यो राजनीतिकरुपमा नभइ नेपाली जनता इच्छा र आकंक्षा अनुसार हुनुपर्ने बताए ।

‘चीन नेपालको छिमेकी मुलुक तथा विकास साझेदार समेत रहेकाले नेपालमा नेपालीको इच्छा अनुसार साझेदार आउनुपर्छ भन्नेमा हामी विश्वास गर्छौ,’ उनले भने ।


क्लिकमान्डु