निर्वाचन आयोगको निर्णयः कांग्रेसको केन्द्रीय सदस्यबाट बिनोद चौधरीलाई हटाउन नमिल्ने



काठमाडौं । निर्वाचन आयोगले बिनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन नमिल्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको गत मंसिरमा भएको महाधिवेशनमा मधेशी कोटाबाट चौधरी केन्द्रीय सदस्य चुनिएका थिए ।

निर्वाचन प्रक्रिया सकिएपछि मधेशी कोटामा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका डा सुभाषचन्द्र यादवले चौधरीले विधान विपरित कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको भन्दै निर्वाचन समितिमा उजुरी दिएका थिए ।

कांग्रेसको निर्वाचन समितिले नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०७८ को दफा ५ को उफदफा १ बमोजिम निवेदन खारेज गरेको र सो निर्णय अन्तिम हुने भन्दै दफा १० मा उल्लेख रहेको हुँदा आयोगले थप कारवाही गर्नु नपरेको निवेदनमा थप कारवाही गर्नु नपर्ने निर्णय आयोगले दिएको हो । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै यादव निर्वाचन आयोग पुगेका थिए ।


क्लिकमान्डु