निर्वाचनले पनि छोएन सेयर बजारलाई, कारोबार रकमसँगै सूचकमा संकुचन



काठमाडौं । सेयर बजारको लागि निर्वाचन निकै शुभ मानिन्छ । तर यो साता सेयर बजारलाई निर्वाचनले कुनै फरक पारेन ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ । यो सँगै सेयर बजारमा बहार आउने धेरैको अपेक्षा रहेको थियो । तर यो साताका अधिकांश कारोबारमा धेरै प्रभाव पार्न सकेन । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ११.९६ अंकले घटेर परिसूचक २८०१.५६ बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७० अंकले घटेर ५२७.२८ बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बनारमा दोहोरो अंकको गिरावट आउँदा पनि म्युचुअल फण्ड, अन्य र टे«डिङ समूहको उपसूचकमा सुधार आएको छ ।

यस्तै बैंकिङ १०.७९, विकास बैंक २८.९१, फाइनान्स १२.७५, जलविद्युत २७.७६, जीवन बीमा १३.३७, माइक्रोफाइनान्स ३७.२५ र निर्जीबन बीमा समूहको उपसूचक ८१.०७ अंकको गिरावट आएको छ ।


क्लिकमान्डु