इमर्जिङ नेपालको आइपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । इमर्जिङ नेपालले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा ११ हजार ११२ कित्ता कर्मचारी र २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयसम्म सबै बिक्री नभएमा फागुन ११ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु