जनगणना पुनः गर्नुपर्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको माग



प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरे ।

गर्नु भयो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे ।

उनले काठमाडौंमा सधैं माईग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हँुदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।

‘काठमाडौंमा जहिले पनि माईग्रेसन बढि हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माईग्रेशन संघीयताले पनि रोकेको छैन । उता अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो रु यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएनकि । या अस्थायी रुपले माईग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि रु केही त जष्टिफिकेशन हुनु प¥यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ रु त्यो बेला घर फर्किएकी । नत्रभने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउथ्यो ।’पाण्डेले भने ।

काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् ।

उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ ? भनि केन्द्रिय तथ्यांक विभागलाई प्रश्न गरिन् ।

सांसद राईले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको बताइन् ।

‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन ।

र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त रु पहिले जनगणना हुँदाखेरी घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जेन्टसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ? सबै तथ्यांक लिइन्थ्यो । यो कुराहरु मैले मेरो टोलमा पाईन । तर यसलाई सिरियस्ली रुपमा राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ रु त्यो पनि आउनु पर्‍यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु पर्‍यो । मलाई लाग्छ, फेरी पनि पुनर्गणना गर्‍यो भने सही तथ्यांक आउँछ ।’ उनले भनिन् ।

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका गराए ।

महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताए ।


क्लिकमान्डु