भारतीय बजेटः सस्तो हुने भयो मोबाइल, जुत्ता, कपडाको मूल्य



भारत सरकारले आज नयाँ आर्थिक वर्षका लागि बजेट पेश गरेको छ । डिजिटल बजेट नाम दिइएको बजेट भारतीय वित्तमन्त्री निर्मला सितारमणले ट्याबमा बजेट भाषण पढिन् ।

बजेटले आम उपभोक्ताले उपभोग गर्ने केही सामानको मूल्य महंगो बनाउने नीति लिएको छ भने केही सामान भने सस्तो हुनेछ ।

जसमा विदेशबाट आयात हुने मेसिन सस्तो हुनेछ भने कपडा, छालाबाट बन्ने सामान पनि सस्ता हुनेछन् । साथै कृषिसँग सम्बन्धित उपकरण र मोबाइल र चार्जर सस्तो हुनेछ ।

त्यसँगै जुत्ता, चप्पल, हिराका गहना, प्याकेजिङ डिब्बाको मूल्य पनि सस्तो हुनेछ । साथै छाला भने महंगो हुनेछ । साथै, क्यापिटल गुड्स, बिना ब्लेडिङ भएको फ्युल र इमिटेन्स गहनाको मूल्य पनि बढ्नेछ ।


क्लिकमान्डु