क्लोज आउटमा परेका लगानीकर्ताले तिरे ७ करोड ३९ लाख जरिवाना
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सेयर लगानीकर्ताले ‘क्लोज आउट’ मा परेर ७ करोड ३९ लाख ३८ हजार २५५ रुपैयाँ जरिवाना तिरेका छन् ।
सीडीएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चालु आवको ६ महिनामा ‘क्लोज आउट’मा परेर लगानीकर्ताले उक्त रकम जरिवाना तिरेका हुन् ।
गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनमा क्लोज आउटमा परेर निरेको जरिवना रकम १ करोड ६२ लाख १४ हजार ४७ रुपैयाँ बढी हो ।
गत आवको दोस्रो त्रैमासमा क्लोज आउटमा परेर लगानीकर्ताले ५ करोड ७७ लाख २४ हजार २०८ रुपैयाँ रहेकोमा चालु आवको ६ महिनामा यो रकम बढेर ७ करोड ३९ लाख ३८ हजार २५५ रुपैयाँ पुगेको छ ।
चालु आवको ६ महिनामा लगानीकर्ताको ९ हजार ९७८ कारोबार ‘क्लोज आउट’ मा परेर उक्त रकम कारबाहीस्वरुपः जरिवना तिरेका हुन् । गत वर्ष ७ हजार ४५० वटा कारोबार ‘क्लोज आउट’ मा परेको थियो ।
न्यौपानेका अनुसार चालु आवको ६ महिनाको अवधिमा कारोबार संख्या घटेको छ भने क्लोज आउटमा परेको रकम भने बढेको छ । पुस मसान्तसम्म ६ लाख ७६ हजार ४२७ कित्ता सेयर क्लोज आउटमा परेको छ ।
यस्तै गत आवको सोही अवधिमा भने ६ लाख ७७ हजार ४३९ कित्ता सेयर क्लोज आटमा परेको थियो । यो ६ महिनाको अवधिमा क्लोज आउटमा परेको रकम भने केही बढेको देखिएको छ ।
प्रवक्ता न्यौपानेका अनुसार अहिले क्लोज आउटमा पर्ने प्रवृत्तिमा केही कमी आएको छ । गत आवको पुस मसान्तसम्म क्लोज आउटमा परेको संख्या बढी थियो ।
तर कारोबार रकम भने कम रहेको छ । चालु आवको सोही अवधिमा क्लोज आउटमा परेको संख्या बढी रहेपनि रकम कम थियो । यो अवधिमा सेयर बजारमा भएको कारोबार रकम बढेका कारण पनि रकम बढेको छ । संख्या घट्नु भनेको क्लोज आउटमा पर्नेको संख्या कम भएको उनको भनाइ छ ।
अहिले क्लोज आउटमा नयाँ नयाँ लगानीकर्ता बढी पर्ने गरेको देखिएको छ । नयाँ लगानीकर्ताले आफूलाई परेको सेयर बिक्री गर्ने तर त्यो सेयर इडिआइएस नगर्ने गरेको कारण क्लोज आउटमा परेको हो ।
त्यसलाई रोक्न भन्दै सिडिएससीले मेरो सेयर एपमा नै सहजै इडिआइएस गर्न सक्ने व्यवस्था गरेको छ । जसले गर्दा सेयर बजारमा सामान्य जानकारी राखेका लगानीकर्ता क्लोज आउटमा पर्ने क्रम भने न्यून हुँदै गएको देखिएको छ ।
मेरो सेयरमा लगानीकर्ताको खातामा भएभन्दा बढी सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । जसले गर्दा संख्या कम भएको हो । कुनै पनि लगानीकर्ता क्लोज आउटमा परेमा कारोबार रकमको २० प्रतिशत जरिवाना लाग्ने व्यवस्था रहेको छ ।
कुनै लगानीकर्ताले आफुसँग भएको १० कित्ता सेयर बिक्री गर्यो । तर उसले सेयर बिक्री गर्दा १० को ठाँउमा झुक्किएर १०० कित्ता राखेर बिक्री आदेश दियो भने क्लोज आउटमा पर्छ ।
क्लोज आउटमा नपर्नको लागि लगानीकर्ताले आफुसँग भएको मात्रै सेयर बिक्री गर्नुपर्छ । यस्तै लगानीकर्ताले खरिद गर्नुपर्ने सेयर बिक्री र बिक्री गर्नुपर्ने सेयर खरिद भयो भने पनि क्लोज आउटमा परिन्छ ।
लगानीकर्ता आफ्नो मात्रै कारण क्लोज आउटमा पर्दैनन् । सबै लगानीकर्ताले अनलाइनबाट मात्रै कारोबार गर्छन भन्ने पनि छैन । ब्रोकर कार्यालयमा पुगेर लेखेर सेयर बिक्री गर्दा नाममा वा अंकमा तलमाथी भयो भने पनि क्लोज आउटमा परिन्छ ।
ब्रोकर कार्यालयमा फोन गरेर आफ्नो वा परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्न आदेश दिँदा नाम फरक पर्यो भने पनि क्लोज आउटमा पर्नेछन् ।
धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट विनियमावलीमार्फत् ‘क्लोज आउट’ को व्यवस्था गरेको हो । यस विनियमावली लागू भएपश्चात २०७२ सालदेखि ‘क्लोज आउट’ कार्यान्वयन हुँदै आएको छ ।