जापान सरकारले दियो १० अर्ब ४७ सहुलियतपूर्ण ऋण



काठमाडौं । जापान सरकारले नेपालको आर्थिक विकासका लागि १० अर्ब ४७ कराेड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जापानी येन १० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागिएको जापानी दूतावासले जानकारी दिएको छ ।

यसका लागि जापानी राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीबीच हस्ताक्षर भएको छ ।

उक्त सहुलियतपूर्ण ऋणले आर्थिक पुनरुत्थानका लागि खर्च हुनेछ ।

कोरोना महामारीका कारण प्रभावित भएको अर्थतन्त्र उकास्नका लागि यो सहुलियतपूर्ण ऋण खर्च गरिनेछ ।

कार्यक्रममा बोल्दै जापनी राजदूतले किकुताले जापान सरकारले नेपाललाई कोरोना महामारीको समयमा भ्याक्सिन, मेडिकल सामग्री तथा तालिम प्रदान गरेको बताए ।

‘महामारीको समयमा मेडिकल सामग्री सहयोग गरेका थियौं,’ उनले भने, ‘दोस्रो चरणमा आर्थिक पुनरुत्थानका लागि सहुलियतपूर्ण ऋण सहयोग गरेका छौं ।’


क्लिकमान्डु