नेपालमा भ्रष्टचार उस्तै, सयमा ३३ अंक मात्रै



काठमाडौं । नेपालमा निरन्तर सुशासनको बहस भए हुने गरे पनि भ्रष्टचार न्यूनिकरणमा भने कुनै पनि सुधार देखिएको छैन ।

विश्वका देशको भ्रष्टचारको मूल्यांकन गर्ने ट्रान्सप्यारेन्सी इन्टरनेसनलको सन् २०२१ को विवरणअनुसार नेपालमा हुने भ्रष्टचार पहिलेकै अवस्थामा छ ।

विश्वका १८० देशमध्ये नेपाल धेरै भ्रष्टाचार हुने देशको ११७ स्थानमा रहेको छ । नेपालले १०० मा जम्मा ३३ अंक प्राप्त गरेको छ ।

गत वर्ष सन् २०२० मा पनि नेपाल ३३ अंक प्राप्त गरेर सोही स्थानमा थियो । यस वर्ष पनि उक्त स्थानबाट माथि उक्लिन सकेको छैन ।

यस रिपोर्टमा १ नम्बरमा रहेको देश भ्रष्टचार नहुने मुलुक र १८० औं स्थानमा हुने सबैभन्दा धेरै भ्रष्टचार गर्ने देशमा पर्छ ।

यस रिपोर्टअनुसार ८८ अंक प्राप्त गर्दै डेनमार्क भ्रष्टचार नगर्ने मुकलुको पहिलो नम्बरमा छन् । त्यसपछि फिनल्याण्ड, न्युजिल्याण्ड, नर्वे, सिंगापुर, स्वीडेन, स्विटजरल्याण्डलगायतका देश छन् ।

त्यस्तै सबैभन्दा धेरै भ्रष्टचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । उसले ११ अंक प्राप्त गर्दै १८०औं देशमा रहेको छ । त्यसपछि क्रमशः सिरिया, सोमालिया, भेनेजुयला, यमन, उत्तर कोरिया, लिवियालगायतका देश सबैभन्दा धेरै भ्रष्टचार गर्ने मुलुकमा छन् ।


क्लिकमान्डु