एलआइसीको आइपीओ भर्न भारतमा डिम्याट खोल्ने बढे



एजेन्सी । कुनै कम्पनीको साधारण सेयर बिक्री गर्नु अघि सबैको चासो रहन्छ र व्यग्र प्रतिक्षा हुन्छ भन्ने ठान्नुस् त्यो कम्पनी आफैमा सफल छ ।

सफलताका पछाडि अनेकन संघर्ष पनि हुन्छ नै । जुन त्यसले लामो समयदेखि देखाइरहेको छ ।

कुरा हो भारतको । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी स्वामित्वको बीमा कम्पनीलाई विनिवेश गर्न लागेको छ । सोही क्रममा एलआइसी पनि विनिवेशको क्रममा छ ।

सो कम्पनीको साधारण सेयर खरिदका लागि आम लगानीकर्तामा यस्तो व्यग्रता छ कि त्यसले पनि यो कम्पनीको हैसियत आम रुपमा के कति प्रगाढ छ भन्ने स्पष्ट पारेको छ । सो कम्पनीको साधारण सेयर खरिदका लागि लगानीकर्ताहरु डिम्याट अकाउण्ट बनाउन तछाडमछाड गर्दै लागेका छन् ।

हरेक शहर, हरेक गल्ली तथा चोक चोकमा मानिसहरु डिम्याट अकाण्ट बनाउन उछलकुद गरिरहेका छन् । किनकी, अब उनीहरुलाई लागेको छ, यसबाट भव्य फाइदा हुन्छ । लगानीको सयौं गुणा फाइदा हुन्छ भन्ने उनीहरुको सोच देखिन्छ ।

यसअघि पेटिएमको साधारण सेयरमा पनि यस्तै चासो र चर्चा थियो । यद्यपि, पेटिएमले सोचेजस्तो राम्रो प्रदर्शन गर्न सकेन ।

एलआइसीको साधारण सेयरका लागि कम्तीमा पनि १० लाखदेखि थप ३० लाख नयाँ डिम्याट अकाउण्ट खुल्ने अनुमान गरिएको छ ।

प्राप्त विवरण अनुसार भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनको शीघ्र नै आफ्नो साधारण सेयर बिक्रीको निर्णय हुनेवाला छ । जहाँ एलआइसीको हालसम्मकै ठूलो आइपिओ आउनेवाला छ ।

विवरण अनुसार झण्डै १ लाख करोड भारुभन्दा बढी मूल्यको आइपीओ बिक्री गर्ने तयारी गरिएको छ ।

मुख्य रुपमा हेर्दा वा काम गर्दा, सो कम्पनीको सेयरमा नीति निर्मातामा पनि ठूलो चासो रहेको छ । उनीहरु लगानीका लागि तयार देखिन्छन् ।

उनीहरु आफ्नो लगानीलाई पूँजीकरण गर्न तयार देखिएका छन् ।

यस्तै १० प्रतिशत सेयर पोलिसीहोल्डरलाई पनि दिने तयारी गरिएको छ । यसबाट पनि चासोमा थप वृद्धि भएको छ ।

आईपिओमा १० पोलिसी होल्डरलाई कोटा सिर्जना गर्ने सरकारको निर्णय आफैमा अद्वितीय छ । आईपीओ मूल्यमा छुटको सम्भावनाले धेरै पोलिसी होल्डरलाई आफ्नो डिम्याट खाता खोल्न प्रोत्साहित गरेको छ ।

आइपिओमा लगानी गर्न डिम्याट खाता हुनु आवश्यक छ । त्यो अनिवार्य पनि छ ।

ब्रोकरेजहरूले एलआइसीको आइपिओमा धेरै नयाँ ग्राहकहरू जुटाउन मद्दत गर्न सक्ने विश्वास गर्छन् । जो नयाँ पुँजी बजार लगानीकर्ताहरू हुन् जसले आईपीओमा लगानी गर्न डिम्याट खाता खोल्नेछन् ।

खासमा थप १० देखि ३० लाख नयाँ डिम्याट खाता खुल्ने अनुमान गरिएको छ , एक सरकारी अधिकारीको भनाइ छ ।
‘ हामी एलआइसीको आइपिओ खरिद गर्न उल्लेख्य मात्रामा नयाँ डिम्याट खाताहरू खोल्ने आशा गर्छौं’ प्रकाश गगडानी भन्छन् । खासमा ब्रोकर कम्पनी पाँच पैसा डट कमका प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रकाशको अनुमान छ ।

तर, अन्तिम आँकडा सोचेभन्दा बढी हुनसक्छ । गगडानीले पोलिसी होल्डरले छुट पाएमा अझ धेरैले आइपीओका लागि आवेदन दिन चाहेको स्वीकार गरेका छन् ।

एलआइसीको पहुँच बनाउन पनि दलालहरूको पहुँच छ । यस्तै कूल २५ करोड भन्दा बढी पोलिसी होल्डर छन् । जबकी भारतभर मात्रै ८ करोड डिम्याट खाता छन् ।

उनीहरु सबै लगानीकर्ताहरू हुनेछन् । त्यसैले ब्रोकरहरु तिनीहरूको लागि लगानी प्रक्रिया सरल बनाउन चाहन्छन् ।

‘हामीले लगानीकर्ताहरूलाई आफ्नो खाता खोल्न सजिलो बनाउनको लागि हाम्रो प्रयोगकर्ता इन्टरफेसलाई सरल बनाउँदैछौं ’ मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसका प्रबन्ध निर्देशक समेत रहेका अजय मेननले भने ।

मेननले भने, ‘एलआईसीको पहुँच ब्रोकरिङ व्यवसाय भन्दा धेरै छ । त्यसैले, हामीलाई नयाँ ग्राहकहरू प्राप्त गर्न मद्दत गर्नेछ । हामी पोलिसी होल्डर र एलआइसीका एजेन्टहरूसँग सम्पर्कमा छौं ।’

एलआइसी एक घरायसी नाम हो । डिसेम्बर ३१, २०२१ म आइआरडिएबाट प्राप्त विवरण अनुसार जीवन बीमा क्षेत्रमा नयाँ व्यवसायका रुपमा प्रिमियमहरूमा बीमा कम्पनीको बजार हिस्सा ६१.४ प्रतिशत छ । एलआइसीको बजार हिस्सा एसबिआई लाइफको तुलनामा ६ देखि ७ गुणा छ । जो दोस्रो ठूलो बीमा कम्पनी हो ।

एलआईसी एजेन्टहरू भन्छन् कि पोलिसी होल्डर यो लगानीको अवसर गुमाउन चाहँदैनन् र उनीहरूले सबै सर्तहरू पूरा गरेको सुनिश्चित गर्न चाहन्छन् ।

मुम्बईमा रहेको एलआइसी एजेन्ट भरत पारेख भन्छन्, ‘ हाम्रो ग्राहकको डेटाबेसमा दैनिक २००–३०० वटा प्यान अद्यावधिक भइरहेका छन् । हामीले हाल ४५,००० भन्दा बढी पोलिसीको सेवा गरिरहेका छौं ।

पछिल्ला दुई महिनामा, हाम्रो महाराष्ट्र कार्यालयले अइपिओमा भाग लिन चाहने व्यक्तिहरूबाट औसत ३० कल तथा मानिसहरुको कार्यालय भ्रमण गरिहेका छन् । एलआइसीले पोलिसी होल्डरलाई आफ्नो प्यान नम्बर र डिम्याट विवरण अद्यावधिक गर्न आग्रह गरेका छौ ।

कतिपयले आइपीओका लागि योग्य हुन चाहेकाले नयाँ नीति लिइरहेका छन् । उनले भने, ‘ हामी मुख्यतया उच्च नेटवर्थ व्यक्तिहरूसँग व्यवहार गछौं । तिनीहरूमध्ये धेरैले आफ्नो परिवारका सदस्यहरूका लागि एलआईसी पोलिसी किन्न अगाडि आउँदैछन् ताकि सम्पूर्ण परिवार त्यसका लागि योग्य बनोस् भन्ने चाह देखिन्छ ।’

नागपुरका व्यापारी किरीट जोशी, ५१, भन्छन् ‘ हाम्रो सम्पूर्ण परिवारले एलअइसीको आइपिओमा लगानी गर्नेछ । वास्तवमा, ७८ वर्षकी मेरी सासुले पब्लिक अफरमा लगानी गर्न डिम्याट खाता खोल्नुहुनेछ ।

यो एक उच्च विश्वसनीय ब्रान्ड हो र वर्षौंदेखि पोलिसी होल्डर भएकोले हामी यस आईपीओको पनि एक हिस्सा बन्न चाहन्छौं । यसरी आम भारतीइ नागरिक एलआइसीको आइपिओमा दौडिइरहेको देख्न सकिन्छ । खासमा सरकारी कम्पनी भएपनि एलआइसीको आफ्नै स्वत्व स्थापित भएको छ ।

किनकी, यसले दिएको सेवा र यसले पारेको प्रभाव आफैमा महत्वपूर्ण छ । किनकी, यसले आम मानिसको विश्वास जितेको छ भन्ने देखिन्छ । ठूलो परिमाणको साधारण सेयर त्यसमा पनि पोलिसी होल्डरलाई पनि समेटन लागिएकाले यसको चर्चा आम रुपमा भइरहेको छ ।

नेपालमा समेत सो कम्पनी क्रियाशिल छ । यद्यपी नेपालका पोलिसी होल्डरले भने आइपिओमा भाग लिन पाउँदैनन् ।


क्लिकमान्डु