क्यान्डी क्रस बनाउने एक्टिभिजन ब्लिजार्डलाई माइक्रोसफ्टले ६९ अर्ब अमेरिकी डलरमा किन्ने



टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले कल अफ ड्युटी र क्यान्डी क्रस जस्ता लोकप्रिय खेल बनाएको एक्टिभिजन ब्लिजार्ड किन्ने घोषणा गरेको छ । माक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो ।

यो गेमिङ क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो खरिदबिक्री हो ।

माइक्रोसफ्टले एक्टिविशन ब्लिजार्ड खरिदको लागि प्रपोजल दिइसकेको छ । माइक्रोसफ्टले ब्लिजार्डलाई खरिद गरेपछि गेमको आधारमा व्यापार गर्नेमा तेस्रो ठूलो कम्पनी बन्ने छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले गेमिङ आज सबै प्लेटफर्ममा महत्वपूर्ण भएको हुँदा यो डिल माइक्रोसफ्टको लागि महत्वपूर्ण रहेको बताए ।

खास गरेर लकडाउनको समयमा घरमा बसेर मान्छेहरुले मोबाइलमा गेमहरु अत्याधिक बढी खेलेका थिए ।


क्लिकमान्डु