विमानस्थलबाट फर्काइएका क्यासिनो सञ्चालक माइकले तिरे १३ करोड राजश्व



काठमाडौं । क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । उनी निकट स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएका छन् ।

तीन दिनअघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो । माइकले काठमाडौंको सांग्रिला होटल र भैरहवाको टाइगर टप्समा क्यासिना सञ्चालन गर्दै आएका छन् ।


क्लिकमान्डु