मंगलबार एकै दिन हालसम्मकै सबैभन्दा बढी १० हजार बढीमा कोरोना संक्रमण



काठमाडौं । मंगलबार हालसम्मकै सबैभन्दा बढी एकै दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार २२ हजार ८२८ वटा नमूना परीक्षण गरिएको थियो । जसमा १७ हजार ८७२ पीसीआर र ४ हजार ९५६ वटा एन्टिजेन परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सख्या ३० हजार ४४ पुगेको छ ।


क्लिकमान्डु