जिम्मा नपाउँदा टेकाको भरमा अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँः मेयर शाक्य



काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आइतबार बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताए । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ’ मन्त्री खाँडले भने ‘ भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड–१९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने छ ।’

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए । भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाको भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’

सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गरे । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो ।

सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सभापछि गृहमन्त्री खाँडलाई मेयर शाक्यले, जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गराएका छन् । ‘दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री खाँडलाई मेयर शाक्यले भवनको माथिल्लो र तल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाउँदै भनो, ‘अरुलाई बचाउन २४सैं घण्टा तैनाथमा रहने अग्नि नियन्त्रकहरुलाई भने असुरक्षित भवनमा राख्नु परेको छ । यसलाई पुननिर्माण गरेर व्यवस्थित बनाउन हामीले पुरातत्व विभागलगायत निकायलाई धेरै पटक अनुरोध ग¥यौँ । तर अहिलेसम्म काम गर्न पाइएन । भवनका कक्षहरु चर्किएर बस्न नमिल्ने अवस्थाका छन् । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवन पुननिर्माण गर्न पाएनौँ । यसका लागि मन्त्रीज्यूले सहयोग गरिदिनु प¥यो । महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको छ ।’

भवन अवलोकनका क्रममा दमकलहरुको पनि अवलोकन गरिएको थियो । काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) मा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन छन् । महानगरले नयाँ सडकको बारुण यन्त्र सेवालाई विस्तार गरेर वडा ६ को रामहिटीबाट पनि सञ्चालन गरेको छ ।


क्लिकमान्डु