हुलाक महसुल बढ्यो



काठमाडौं । सरकारले हुलाक महसुल दर बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै हुलाक महसुल बढाएको जनाएको छ ।

सरकारले हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गरी २०७८ माघ १ गतेदेखि लागू हुने गरी हुलाक महसुल दर तोकेको छ,’ राजपत्रमा उल्लेख छ ।

सरकारले भोलि अर्थात माघ १ गतेबाट उक्त दररेट लागू हुने जनाएको छ । सरकारले करिब दोब्बरसम्म हुलाक महसुल बढाएको राजपत्रमा उल्लेख छ ।


क्लिकमान्डु