सरकारले बतासलाई क्षतिपूर्ती दिनुपर्छः संघ



काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले आनन्दराज बतासलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने धारणा सार्वजनिक गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

संघको सदस्य तथा प्रतिष्ठान होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्सको राज्यले ज्यादती गरेको भन्दै क्षतिपूर्ती दिन माग गरेको छ । सरकारले अहिले गरेको गतिविधि रोक्न र राज्यबाट भएको ज्यादतीको क्षतिपूर्ती दिएर व्यवसायी माथिको प्रहार बन्द गर्न भनेको छ ।

बतास व्यक्ति नभएर व्यवसायी भएको भन्दै अहिले सरकारले व्यवसायीमाथि प्रहार गरेको भन्दै यस्तो कार्य तत्काल रोक्न संघले आग्रह गरेको छ । लगानी गर्ने, रोजगारी सृजना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीलाई मानमर्दन गर्नुको सट्टा चरित्रहत्या गरेको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।


क्लिकमान्डु