उपत्यकामा सभा सम्मेलन गर्न रोक, अरु के गर्ने के नगर्ने ?



काठमाडौं । कोरोना संक्रमण बढेसँगै सार्वजनिक स्थलमा हुने सबै प्रकारका कार्यक्रममा रोक लगाइएको छ ।

उपत्यका भित्रको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज राती १२ बजेदेखि लागू हुनेगरी यस्तै निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एंव यउस्ता प्रकृतिका कार्यक्रम नगर्न नगराउन भनेको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा गरेर मात्रै गर्न गराउन भनेको छ ।

२५ जनाभन्दा बढी मानिसको उपस्थिती हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्वसवहरु एंव सामाजिक लगायतका कार्य नगर्न नगराउन भनेको छ ।


क्लिकमान्डु