नारायणहिटी संग्रहालय रेष्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएका दाहालले दिए राजीनामा



काठमडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालन ठेक्का प्रकरणमा मुछिएका दाहालले पदबाट राजीनामा दिएका हुन्

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको बताइएको छ । मन्त्रालयले गठित गरेको छानबिन समितिले पनि उक्त प्रकरणमा दाहालको संलग्नता रहेको र आफ्नो जिम्मेवारी पूरा नगरेको उल्लेख छ ।


क्लिकमान्डु