बढ्यो कोरोनाको त्रासः माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय



काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोरोना संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले निर्णय गरेको छ ।

संक्रमण रोकथामका लागि भन्दै बसेको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

नेपालका अनुसार कोरोना बढेसँगै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी जम्मा नहुने, विभिन्न मेला महोत्सवमा भीड नगर्न अनुरोध गर्ने र त्यसको लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु