कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

बैंकले हकप्रद सेयर निष्काशनको लागि भन्दै भोली (पुस २६ गते) बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकले सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले माघ ७ देखि २७ गतेसम्म १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रदमा आवेदन बिक्री प्रबन्धकको साथै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु