बक्यौता हुने कम्पनीलाई कर कार्यालयको दवाव, कर तिर्न सूचना निकाल्यो



काठमाडौं । पुस मसान्त लागेसँगै कर बक्यौता हुने कम्पनी तथा फर्मलाई दवाव दिन कर कार्यालयले सूचना निकालेको छ । आइतबार विभिन्न कम्पनी तथा फर्महरुको सूचना कर कार्यालयले निकालेको छ ।

समयमा मूल्य अभिबृद्धि कर(भ्याट) नतिरेको भन्दै सूचना निकालिने फर्ममा लेखा व्यवसायीहरुको नियमनकारी आइक्यानका अध्यक्ष समेत छन् ।

आइक्यानका अध्यक्ष युद्धराज ओलीको फर्म पिवाईसी एण्ड एशोसियटले भ्याट नतिरको भन्दै कर कार्यालयले सूचना निकालेको छ ।

समयमा भ्याट नबुझाउने कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्ताल हिराचनको कम्पनी समेत परेको छ ।

कर कार्यालयको सूचनामा सीएअरुको फर्म तथा निर्माण व्यवसायीको फर्मले समयमा कर नबुझाएको भन्दै सूचना निकालेको छ । कर कार्यालयले मिडिया कम्पनीले पनि भ्याट समयमा नबुझाएको भन्दै सूचना निकालेको छ ।


क्लिकमान्डु