नयाँ वर्षको शुरुवातसँगै यी १० कार कम्पनीले बढाउँदैछन् मूल्य




मारुति सुजुकी, टोयोटा, स्कोडा तथा टाटा जस्ता कैयन कार निर्माता कम्पनीहरुले सन् २०२२ देखि कारको मूल्य बढाउने घोषणा गरिसकेका छन् । जसका कारण उपभोक्ताहरुका लागि कार खरिद गर्नका लागि अझै बढी पैसा जम्मा गर्नुपर्ने देखिएको छ ।

भारतीय कम्पनीहरुले कारको मूल्य बढाएपछि नेपालमा पनि यसको असर देखिनेछ । कारको मूल्य बढाउनुको कारण कम्पनीहरुले एक्सचेञ्ज रेटमा आएको उतारचढाव तथा कच्चा पदार्थको बढ्दो खर्चका कारण मूल्य बढाउनु परेको बताएका छन् ।

मारुति सुजुकी
मारुति सुजुकीले सन् २०२२ को जनवरीदेखि नै मूल्य बढाउने निर्णय गरिसकेको छ । जसअनुसार कम्पनीको मारुति एरिना तथा नेक्सा मोडलको मूल्य बढ्नेछ । तर मोडल अनुसार मूल्य पनि फरक पर्नेछ । कम्पनीले २०२१ मै तीन पटक मूल्य बढाइसकेको छ । कम्पनीले पहिलो पटक जनवरीमा दोस्रो पटक अप्रेल र तेस्रो पटक सेप्टेम्बरमा कारको मूल्य बढाइसकेको छ ।

होन्डा
होन्डा कम्पनीले पनि नयाँ वर्षको शुरुवात जनवरी महिना मै मूल्य बढाउने भएको छ । कम्पनीले कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमोडिटीको खर्चमा अध्ययन गरेपछि मूल्य बढाउने निर्णय गरेको बताएको छ । कम्पनीले सबै मोडलका कारको मूल्य बढाउने निर्णय गरिसकेको छ ।

टाटा मोटर्स
टाटा मोटर्सले पनि सन् २०२२ मा कारको पूरै पोर्टपोलियोको मूल्य बढाउने घोषणा गरिसकेको छ । जसमा कमर्सियल र प्यासेन्जर भेहिकल पनि छन् । टाटाले कमर्सियल भेहिकलको मूल्य २.५ प्रतिशत बढाएको छ । साथै कम्पनीले इलेक्ट्रिक तथा आइसीआई पावर्ड तथा नयाँ सार्वजनिक भएको टाटा पञ्चको पनि मूल्य बढ्नेछ । साथै प्यासेन्जर भेहिकलको मूल्य कतिले बढाउन लागिएको हो अझैसम्म जानकारी सार्वजनिक गरिएको छैन ।

रेनो
रेनो गाडीको मूल्य पनि सन् २०२२ को जनवरीदेखि बढाउने संकेत गरेको छ । रेनोसँग हाल ४ वटा मोडल छन् । जसमा क्विड, ट्राइबर, किगर र डस्टर छन् ।

टोयोटा
टोयोटाले जनवरी महिनादेखि मूल्य बढाउने संकेत गरेको छ । जसमा सबै मोडलको मूल्य बढ्नेछ । तर मोडलअनुसार मूल्यमा भने फरक आउनेछ । हाल टोयोटासँग इनोवा क्रिस्टा, फर्च्युन तथा बैज इन्जिनियर अर्बन क्रुजर तथा ग्लैजा मोडल छन् ।

स्कोडा
स्कोडाका मोडलहरु कुशाक, अक्टेविया तथा सुपर्वको मूल्य जनवरी २०२२ देखि ३ प्रतिशतले बढ्नेछ । कम्पनीले सन् २०२१ मा एक पटकमात्रै मूल्य बढाउने समेत बताएको छ ।

भक्सवागन
भक्सवागनले सन् २०२२ जनवरी १ तारिखदेखि पोलो, वेन्टो तथा ताइगुनको मूल्य २ देखि ५ प्रतिशतसम्मले बढाउने भएको छ । तर, कम्पनीले अहिलेसम्म मोडलअनुसारको मूल्य भने सार्वजनिक गरेको छैन । तर हालै सार्वजनिक भएको भक्सवागन टाइगुन फेसलिफ्टको भने मूल्य बढ्ने छैन ।


सिट्रोजेन
भारतको एक मात्रै मोडल सीफाइभ एयरक्रासको एक्स शोरुम मूल्यमा ३ प्रतिशतले बढ्नेछ । यो २ महिनामा दोस्रो पटक मूल्य बढाउन लागिएको हो । गत वर्ष नोभेम्बरमा कारको मूल्य बढाइएको थियो ।

मर्सिडिज बेञ्च
मर्सिडिज बेञ्चले केही मोडलको मूल्य २ प्रतिशतले बढाउने घोषणा गरेको छ । यद्यपि कम्पनीले भनेको छ कि जुन ग्राहकहरुले एमवाई२०२१ मोडल बुक गरेका छन् उनीहरुको बुकिङ गरेकै मूल्यमा कार पाउनेछन् ।

ओडी
ओडीले पनि आफ्नो पूरै मोडलको मूल्य ३ प्रतिशतले बढाउने घोषणा गरिसकेको छ । ओडीले पनि कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण मूल्य बढाइएको स्पष्ट पारेको छ ।


क्लिकमान्डु