पियोरको इलेक्ट्रिक स्कुटरको नयाँ वर्षको अफरः ८ हजार क्यास ब्याकदेखि पोखरा होलिडेज प्याकेजसम्म



काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै पियोर ब्राण्डको इलेक्ट्रिक स्कुटर खरिद गर्नेका लागि कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको छ ।
पियोर ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता ह्वाइट लोटस मोर्टसले पियोरको नयाँ स्कुटर खरिद गर्ने ग्राहकले ८ हजार क्यास ब्याकसहित पियोर इभिको हुडी वा स्वेटर उपहार पाउनेछन् ।

कम्पनीका अनुसार अफर अन्तर्गत स्कुटर खरिद गर्ने एकजनाले पोखरामा रहेको वाटर फ्रन्ट रिसोर्टमा दुईतर्फी हवाई भाडासहित २ रात ३ दिनको होलिडेज प्याकेज पाउनेछन् । विजेताले आफूसँगै एकजनालाई पनि लैजान पाउनेछन् ।

कम्पनीका अनुसार पियोर ब्राण्डका तीन वटा मोडलमा यो अफर लागू हुनेछ । जसमा डिजाइन इपुल्युटो सेभेनजी, इन्ट्रान्स र अर्को इन्ट्रान्स नियो छन् ।

यी तीन वटामध्ये इपुल्युटो सेभेनजी र इन्ट्रान्स नियोaको स्कुटरमा भएको ब्याट्रीले फुल चार्ज गर्दा ११६ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । तर, इन्ट्रान्समा भएको ब्याट्रीले भने फुल चार्जमा ७० किलोमिटरसम्म माइलेज दिने कम्पनीको भनाइ छ ।

यी इलेक्ट्रिक स्कुटरहरु चार्ज गर्दा ३.५ युनिट विद्युत खपत हुन्छ भने फुल चार्ज गर्न ४ घण्टासम्मको समय लाग्ने कम्पनीले जानकारी दिएको छ ।

हाल बजारमा इपुल्युटो सेभेनजीको २ लाख ६० हजार रुपैयाँ, इन्ट्रान्स नियोको २ लाख ४९ हजार रुपैयाँ र इन्ट्रान्सको १ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु