नयाँ बर्षमा आउँदैछन् यस्ता विद्युतीय सवारी साधन, कुनको मूल्य कति ?



एजेन्सी । कोरोनाले असर पारेको विश्व अर्थतन्त्रले क्रमशः गति लिन थालेको छ । विश्वव्यापी रुपमा जलवायु परिवर्तनले असर पारेपछि मानिसहरु क्रमशः विद्युतीय सवारी साधनमा आकर्षित भएका छन् । अनेकन कम्पनीहरुले नयाँ नयाँ मोडलका विद्युतीय सवारी साधन सार्वजनिक गर्न लागेका छन् ।

यसैवर्ष भारतीय बजारलाई विद्युतीय सवारी साधनको वर्षको रुमपा लिने भएका छन् । खासगरी कारदेखि स्कुटरदेखि मोटरसाइलकसम्म नै विद्युतीय मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । ती विद्युतीय सवारी साधनमा नयाँ-नयाँ फिचरसमेत राखेका छन् ।

सन् २०२२ लाई विद्युतीय सवारी साधनको बहारको वर्षको रुपमा ल्याउने तयारी गरिएको छ । भारतीय बजारमा एकपछि अर्को गर्दै विद्युतीय सवारी साधन सार्वजनिक भएपछि त्यसको प्रभाव नेपालाी बजारमा समेत स्वतः नै पर्ने छ ।

जानकारी अनुसार सन् २०२२ मा टाटा टिगोर इभी पिजट्रोन सार्वजनिक हुन लागेको छ । सो कारको मूल्य ११.९९ मा उपलब्ध हुने भएको छ । यस्तै, रिवोल्ट नाम दिइएको मोटरसाइकल पनि सार्वजनिक हुन लागेको छ ।

यस्तै सिम्पल वन नाम दिइएको स्कुटर पनि सन् २०२२ मा सार्वजनिक हुने भएको छ । सो स्कुटरको मूल्य १ लाख १० हजार भारु बराबर रहेको छ ।

नयाँ वर्षमा सार्वजनिक हुन लागेका विद्युतीय सवारीहरु विद्यमान विद्युतीय सवारी साधनहरु भन्दा आरामदायी र नयाँ नयाँ फिचर समेत रहेका छन् । पेट्रोलियम पदार्थको सवारी साधनको बिगबिगी रहेको बेला नयाँ आउन लागेका विद्युतीय सवारी साधनले नयाँ मोडल ल्याउने विश्वास गरिएको छ ।

विद्युतीय सवारीको रुपमा मोटरसाइकल र स्कुटर समेत उपलब्ध हुने भएपछि मानिसहरुमा चासोसमेत उत्तिकै बढेको छ । आरामदायी कारसमेत भएकाले विद्युतीय कारहरुमा समेत उत्तिकै प्रशंसा समेत भइरहेको छ । कम मूल्यका विद्युतीय सवारी साधन उपलब्ध भएपनि मध्यमवर्गलाई समेत आकर्षित गरेको छ ।

प्राप्त विवरणहरु अनुसार ओला कम्पनीले ८५ हजार ९९ भारुमा अविद्युतीय स्कुटर सार्वजनिक हुन लागेको छ । पहेलो र कालो रंगमा उपलब्ध हुन लागेको सो कम्पनीको स्कुटरको भारतमा मात्रै ठूलो संख्यामा बुकिङसमेत भइसकेको छ ।

यस्तै बाउन्स इन्फिनिटी नाम दिइएको रातो रंगको विद्युतीय स्कुटर ६८ हजार ९९९ मा उपलब्ध हुन लागेको छ ।

त्यस्तै, इभी सोलको मूल्य १ लाख ३९ हजार भारुमा उपलब्ध हुन लागेको छ । रिवोल्ट आरभी ४०० नाम दिइएको मोटरसाइलक ९० हजार ७९९ भारुमा उपलब्ध हुन लागेको छ ।

त्यस्तै, केएम ३००० नाम दिइएको मोटरसाइलक पनि सन् २०२२ मा उपलब्ध हुन लागेको छ । सो मोटरसाइकलको मूल्य १ लाख ६५ हजार भारु पर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ग्रावटन नाम दिइएको स्कुटर ९९ हजार भारुमा उपलब्ध हुनेछ । त्यस्तै हिरो कम्पनीको हिरो इलेक्ट्रिक आप्टिमा एचएक्स नाम दिइएको स्कुटर पनि सन् २०२२ मा उपलब्ध हुन लागेको छ । सो स्कुटरको मूल्य ५५ हजार ५८० भारु बराबर पर्ने छ ।

बजारमा आउन लागेको ओला स्कुटर हालसम्मकै उत्कृष्ठ रहेको दावी गरिएको छ । एक पटक चार्जा गर्दा कूल १२१ किलोमिटरसम्म दौड्न सक्ने यो स्कुटरमा २.९८ किलोवाट पर आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

त्यस्तै सिम्पल वान नाम दिइएको स्कुटर एकपटक चार्ज गर्दा २०३ किलोमिटरसम्म दौडन सक्छ । यसमा ४.८ किलोवाटर पर आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

त्यस्तै, केही समयभित्रै सार्वजनिक हुन लागेको टाटा टिगोर इभी जीपट्रोन एक पटक चार्ज गर्दा ३०६ किलोमिटरसम्म दौडन सक्छ । सो कारमा २६ किलोवाट क्षमताको लीथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

सोही मोडलमा अर्को कार पनि सार्वजनिक हुन लागेको छ । त्यसको नाम भने टाटा टिगोर इभी इएक्स नाम दिइएको छ । त्यसको मूल्य भने १२ लाख ९९ हजार भारु पर्न जान्छ ।

ईट्रान सिरिजका रुपमा सार्वजनिक हुन लागेको आँडीको मूल्य ९९ लाख ९९ हजार भारु बराबर रहेको छ । त्यस्तै १ करोड १६ लाख देखि १ करोड १८ लाख भारु बराबरको कार समेत सार्वजनिक हुन लागेको छ । एकपटक चार्ज गर्दा ती काम ३५९ किलोमिटरदेखि ४८४ किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ ।

यसैगरी पोर्स टेकन नाम दिइएको कार १ करोड ५० लाख भारु बराबर पर्ने भएको छ । त्यसमा ४ वटा मोडल रहेका छन् । त्यसमा टाइकन, टाइकन फोर एस, टर्बो और टर्बो एस छन् । ती कार एक पटक चार्ज गर्दा ४८४ किलोमिटरसम्म दौडन सक्छ । द्रुर्त गतिमा चार्ज गर्दा टायकन केवल २३ मिनेटमा चार्ज हुने बताइएको छ ।


क्लिकमान्डु