३ लाख ३४ हजार पर्ने बेनेलीको स्कुटर सार्वजनिक



काठमाडौं । नेपालमा बेनेली पानरको स्कुटर सार्वजनिक भएको छ ।

इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीको नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल हो । जसमा पन्चकन्या ग्रुप,शारदा ग्रुप र फिस्टेल ग्रुपको लगानी छ । ४ वटा रङमा स्कुटर उपलब्ध रहेको कम्पनीका निर्देशक उदिप श्रेष्ठले जानकारी दिए ।

१ सय २५ सिसिको इएफआइको इन्जिन भएको यो स्कुटरमा ४.५ लिटरको ट्याङ्की रहेको छ ।

प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने केटिएम इन्टरनेशनका सेल्सका निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौंको जामलाई लक्षित गरेर हामीले यो स्कुटर नेपालमा ल्याएका छौं,’ उनले भने, ’यसले युवा जमातलाई आकर्षण गर्छ भन्नेमा विस्वस्त छौ,’


क्लिकमान्डु