अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार



काठमाडौं । आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा स्किम सार्वजनिक गरेको छ ।

स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नेछन् ।

त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत् नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनुहुनेछ । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात् ६ हप्तासम्म कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत् गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यममार्फत् सार्वजनिक गरिनेछ ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्टमार्फत रेमिट्यान्स भुक्तानी गर्दै आएको छ ।


क्लिकमान्डु