बिर्तामोडमा स्कोडा गाडीको नयाँ सोरुम



काठमाडौं । स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ शोरुम खोलेको छ ।

हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्री पछिको सेवाको जिम्मेबारी पाएको पाएको पनि कम्पनीले जनाएको छ ।

एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्राउन सुरु गरेको थियो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको कम्पनीको भनाइ छ ।

यो नयाँ शोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका छन् ।

‘हामीहाम्रो ग्राहकको सुविधाकालागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुतगर्न प्रतिबद्ध छौं,’ अग्रवालले भने, ‘उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा शोरुम ल्याउन पाउँदा खुसी लागेको छ ।’

स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने अग्रवालले बताए ।

यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने हलेसी अटोमोबाइलका प्रवन्ध निर्देशक चुडामणी पौडेलले बताए ।


क्लिकमान्डु