ड्याट्सनको देशव्यापी सर्भिस क्याम्प हुने, ८०% सम्म छुट



काठमाडौं । नेपालमा ड्याट्सन–नेसनवाइड सर्भिस क्याम्प हुने भएको छ । कम्पनीका अनुसार यो सर्भिस क्याम्प यही पुष ११ गतेदेखि १३ गतेसम्म नेपालको प्रमुख सहरहरुमा आयोजना गरिने भएको हो ।

ड्याट्सनका सवारी धनीहरुलाई आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा नेसनवाइड सर्भिस क्याम्प संचालन गर्न लागिएको कम्पनीले बताएको छ ।

यो क्याम्पमा ड्याट्सनका ग्राहकहरूले निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० चेक पोइन्ट, ८०% सम्म एक्सेसरीजमा छुट, नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट लगायतका सुविधा र छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु