५ महिनामा ७ खर्बको व्यापार घाटा,अघिल्लो वर्षभन्दा ५५ % बढी



काठमाडौं । आयात निरन्तर उकालो लागेपछि ५ महिनामा व्यापारघाटा ७ खर्बबाट उकालो लागेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोडभन्दा धेरै छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५४.७० प्रतिशतले धेरै हो ।

गत वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड थियो ।

चालु आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोडभन्दा धेरै भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३.५५ प्रतिशतले धेरै हो । गत वर्षको उक्त अवधिमा मुलुकको वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोडको भएको थियो ।

चालु आवको पाँच महिनामा नेपालले ८ खर्ब २८ अर्ब ४० करोडभन्दा धेरैको वस्तु आयात गरेकोमा १ खर्ब २ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात गरेको छ ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९.५५ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १०५.६१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो पाँच महिनामा मुलुकमा ५ खर्ब २५ अर्ब ४९ करोडको आयात भएकोमा ५० अर्ब ५ करोडभन्दा धेरैको निर्यात भएको थियो ।


क्लिकमान्डु