यी हुन् उत्कृष्ट माइलेज दिने १० इन्धन कार



काठमाडौं । नेपालमा इन्धन कारहरुको प्रसस्त बजार रहेको छ । यसमा पनि पछिल्लो समय इन्धनमा आकाशिएको मूल्य वृद्धिको मारमा इन्धन गाडी प्रयोगकर्ता परेका छन् ।

पछिल्ला २ वर्षमा भएको मूल्य वृद्धिको प्रवृत्तिलाई हेर्ने हो भने भविष्यमा हुने इन्धनको मूल्य वृद्धिलाई अस्वीकार गर्न सकिँदैन । राम्रो माइलेज दिने इन्धन कार भयो भने इन्धन गाडी प्रयोग कर्तालाई आफ्नो दैनिक यात्रामा अलि सहज र बचत गर्न मद्दत पुग्नसक्छ ।

नेपालमा कारको मूल्य र इन्धनको मूल्य त्यसैपनि अन्य देशको तुलनामा धेरै रहेको छ । कार किनेपछि पनि यसको संचालन गर्दा मर्मत खर्च र इन्धनमा लागत धेरै हुने हुँदा मानिसलाई धेरै माइलेज दिने कारको खोजी सधै रहिरहन्छ ।

हाल नेपाली बजारमा सबैभन्दा बढी इन्धन कारहरू रहेका छन् । यो हामीले बनाएको सूची निर्माताहरू द्वारा प्रदान गरिएको आधिकारिक तथ्याङ्कहरूमा आधारित छ । वास्तविक तथ्याङ्कहरू ड्राइभिङ अवस्था र शैलीहरूमा निर्भर हुने अपेक्षा छ ।

यस्ता छन् उत्कृष्ट माइलेज दिने इन्धन कारहरु

मारुती सुजुकी स्विफ्ट: यो इन्धन कारले २८.४ किलोमिटर सम्मको माइलेज दिन्छ । कम्पनीका अनुसार यो कारमा डिजेल र पेट्रोल प्रयोग गर्न सकिन्छ । यो गाडीको इन्जिन पावर ११९७–१२४८ सीसीसम्मको छ । यो कारमा ३७ लिटरको इन्धन स्टोरेज इन्धन ट्याङ्क रहेको छ ।

फुल इन्धन हाल्दा यो कारले १०५० किलोमिटर सम्मको दुरी पार गर्न सकिन्छ । नेपाली बजारमा यो कारको मूल्य ३० लाखदेखि ३८ लाखसम्म रहेको छ ।

टोयोटा प्रियस: यो कारले नेपालमा २६.२७ किलोमिटरसम्मको माइलेज दिन्छ । यो प्रियस नेपालको राम्रो माइलेज दिने कारहरु मध्यको महङ्गो कार पनि हो ।

कारलाई जापनिज कम्पनीले बनाएको हो । यो कारमा भएको इन्जिन १७९८ सीसीको छ भने कारमा ४३ लिटर इन्धन स्टोरेज क्षमता भएको ट्याङ्क पनि रहेको छ ।

नेपाली बजारमा यसको मूल्य ६० लाखसम्म रहेको छ ।

होन्डा डब्लुआर-भी: यो कारले प्रतिलिटर इन्धनमा २५.५ किलोमिटर सम्मको माइलेज दिन्छ । यसमा भएको इन्जिनको पावर १४९८ सीसी छ भने ग्राउण्ड क्लिरियन्स १८८ एमएमको रहेको छ ।

कारमा ४० लिटरदेखि ५० लिटरसम्म इन्धन स्टोरेज क्षमता भएको ट्याङ्क समेत रहेको छ ।

यो कारको मूल्य नेपाली बजारमा ४७-५३ लाखसम्म रहेको छ ।

हुन्डाई भेर्ना

यो कारले नेपालमा २५ किलोमिटर सम्मको माइलेज दिन्छ । यसमा भएको १५९१ सीसी गामा डुअल पेट्रोल इन्जिन रहेको छ । जसले ६४०० आरपीएममा १२३ पीएसको अधिकतम पावर र ४८५० आरपीएममा १५१ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यो कारमा भएको इन्धन ट्याङ्कको क्षमता ४५ लिटरको रहेको छ ।

यो कारको मूल्य नेपाली बजारमा ५०-५४ लाखसम्म रहेको छ ।

होन्डा अमेज

यो इन्धन कारले नेपालमा २४.७ किलोमिटरको माइलेज दिन्छ । यो कारमा रहेको इन्जिनको पावर १४९८ सीसीको छ । यो कार पेट्रोल र डिजेल दुबै भेरियन्टमा उपलब्ध छ । यसमा ग्राउन्ड क्लिरियन्स १७० एमएमको छ ।

यो कारको नेपाली बजारमा मूल्य ४० लाखसम्म पर्छ ।

फोर्ड फिगो

यो कारले २४.४ किलोमिटरको माइलेज दिन्छ । यो कार २०१५ मा सार्वजनिक भएको हो । यो कार २ वटा भेरियन्ट पेट्रोल र डिजेलमा उपलब्ध रहेको छ । यसमा भएको इन्जिन ११९४ पावरको छ भने इन्धन टयाङ्क ४२ लिटरको रहेको छ । यो कारको मूल्य नेपाली बजारमा २८-३६ लाखसम्म रहेको छ ।

होन्डा सिटी

यो कारले प्रतिलिटर पेट्रोलमा २४.१ किलोमिटर सम्मको माइलेज दिन्छ । यो कार दुई वटा भेरियन्ट पेट्रोल र डिजेलमा उपलब्ध रहेका छन । कारमा भएको इन्जिन पावर १४९७ सीसीको रहेको छ । यसमा ४० लिटरको फ्युल ट्याङ्क रहेको छ । यसको मतलब ४० लिटर इन्धनले ९६४ किलोमिटरको दुरी पार गर्न सकिन्छ ।

यो कारको मूल्य नेपाली बजारमा ५३-७० लाखसम्म रहेको छ ।

टाटा टिगोर

यो कारले २२.३ किलोमिटरको माइलेज प्रतिलिटरमा दिन्छ । यसको पेट्रोल इन्जिन ११९९ सीसीको डिस्प्लेसमेन्ट सहितको रहेको छ । यो कारमा भएको इन्धन ट्याङ्कमा ३५ लिटर पेट्रोल जान्छ ।

यो कारको मूल्य नेपाली बजारमा २८-४० लाखसम्म रहेको छ ।

मारुती सुजुकी सियाज

यो कारले नेपालमा २१.५६ किलोमिटरको माइलेज दिन्छ । यसमा १४६२ सीसीको पावर इन्जिन छ । कम्पनीले यो कारमा ४३ लिटर इन्धन राख्न सकिने बताएको छ । यो कारको नेपाली बजारमा मूल्य ३९ लाख ५९ हजार रहेको छ ।

सुजुकी बलेनो

यो इन्धन कारले २१.४ किलोमिटरको माइलेज दिन्छ । यसमा भएको इन्जिनको पावर ११९७ सीसीको रहेको छ । यो कारको ग्राउण्ड क्लिरियन्स १७० एमएम छ भने ३७ लिटर इन्धन क्षमता भएको ट्याङ्क छ ।

नोपलमा सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले हाल नेपाली बजारमा सुजुकी बलेनोको ३ वटा भेरियन्ट बेच्दै आएको छ ।

यो कारको नेपाली बजारमा मूल्य ३५ लाखदेखि ४३ लाखसम्म रहेको छ ।


क्लिकमान्डु