सुनको मूल्य ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु